नियम १७
उत्खनन् कार्यको अवधि र अवधि थप सम्बन्धी व्यवस्था
(१) नियम १५ बमोजिम उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले अति साना स्तर, साना स्तर, मझौला स्तर र ठूला स्तरका खनिज पदार्थको क्रमशः दश वर्ष, पन्ध्र वर्ष, बीस वर्ष र तीस वर्षको अवधिभित्र उत्खनन् कार्य सम्पन्न गरिसक्नु पर्नेछ । तर सिमेण्ट स्तरको चुनढुङ्गा खनिज पदार्थ उत्खनन् कार्यको हकमा अति साना स्तरका लागि शुरुको अवधि पन्ध्र वर्ष र साना स्तरका लागि शुरुको अवधि बीस वर्षसम्म हुनेछ ।
(२) उपनियम (१) बमोजिमको अवधि भित्र उत्खनन् कार्य सम्पन्न गर्न नसकिने भई अवधि थप गर्नुपर्ने भएमा उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले त्यसरी अवधि समाप्तहुनुभन्दा तीन महिना अगावै अवधि थपको लागि अनुसूची–९ बमोजिमको वार्षिक उत्पादन प्रगति विवरण समेत संलग्न गरी विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएमा विभागले आवश्यक जाँचवुझ गरी माग बमोजिमको अवधि थप गरिदिन मनासिव देखेमा निवेदन परेको एक महिना भित्रमा अनुसूची–४ बमोजिमको थप दस्तुर लिई अति साना स्तर, साना स्तर, मझौला स्तर र ठूला
स्तरको खनिज पदार्थको उत्खनन् कार्यको क्रमशः एक वर्ष, दुई वर्ष, पा“च वर्ष र दश वर्ष सम्मको लागि अवधि थप गरिदिन सक्नेछ ।